धरान : डिपो माध्यमिक विद्यालयको आयोजनामा सञ्चालन हुदै आएको डिपो कप यस वर्ष पुष पहिलो सातादेखि आयोजना हुने भएको छ ।

हरेक वर्ष १२ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरी आयोजना गरीदै आएको अन्तरविद्यालय फुटबल प्रतियोगिता पुषको पहिलो साता हुने भएको हो ।

विद्यालयले पत्रकार भेटघाट कार्यक्रममार्फत ‘ललित अम्बर डिपो कप तथा स्व. दिलकुमार प्लेट च्याम्पियन कप–२०८३’ को २१औँ संस्करण आगामी पुस १ देखि ८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।

विद्यालयका प्राचार्य राजकुमार राईले प्रतियोगितामा पहिले नाम दर्ता गराउने विद्यालयलाई प्राथमिकता दिइने र १६ विद्यालयको दर्ता पूरा भएपछि दर्ता प्रक्रिया बन्द गरिने जानकारी दिएकाछन् ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ।यस पटक गतवर्ष भन्दा पुरस्कारको राशीमा वृद्धि गरीएको आयोजकले जनाएकोछ ।

उपविजेताले १५ हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

त्यस्तै, प्लेट च्याम्पियनतर्फको विजेताले ७ हजार र उपविजेताले ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।