इटहरी : इटहरी उपमहानगरपालिका–५ स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीले अभिभावक भेला तथा बडादशैँको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।
बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। दशैँको अवसरमा आयोजित कार्यक्रममा आपसी सद्भाव,एकता र खुसीका साथ चाडपर्व मनाउने सन्देश समेत दिइएको थियो।
कार्यक्रममा संस्थापक अध्यक्ष विनीता ढकालले विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गर्दै यस्ता कार्यक्रमले बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने बताइन्।
विद्यालयकी प्रधानाध्यापक सुनिता सुवेदीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै उपस्थित अभिभावकहरूलाई स्वागत गरेकी थिइन्। त्यस्तै, उपप्रधानाध्यापक मञ्जु अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थी,अभिभावक र विद्यालयबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने बताइन्।
ज्ञानु पाण्डेले सञ्चालन गरेको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा उनीहरूका अभिभावकको बाक्लो उपस्थिति रहेको थियो। विद्यालयमा हाल करिब १७५ जना विद्यार्थी अध्ययनरत छन्।